कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा सोधपुछदेखि भागिरहेका तृणमूल विधायक एवं एसएससीका पूर्व अध्यक्ष माणिक भट्टाचार्यविरूद्ध सीबीआईले लुकआउट सर्कुलर जारी गरेको छ। अर्कोतिर, शुक्रबार पश्चिम बङ्गाल पुलिसले उनको सुरक्षा पनि हटाएको छ। यसबाट माणिक पक्रा पर्नु लगभग तय भएको छ।
कोलकाता उच्च अदालतका न्यायाधीश न्यायमूर्ति अभिजीत गांगुलीको आदेशमा उनलाई एसएससी चेयरम्यानको पदबाट हटाइएको थियो। सीबीआईले उनीसित एकपल्ट सोधपुछ गरिसकेको छ र उनको घरमा छापा मारेको थियो। त्यसै बेलादेखि सीबीआईले उनलाई दुईपल्ट सोधपुछको निम्ति समन पठाइसकेको छ, तर उनी बेपत्ता छन् र कुनै पनि नोटिसको जवाफ दिइरहेका छैनन्। यसपछि सीबीआईले उनीविरूद्ध लुकआउट नोटिस जारी गरेको छ। यसबाट उनी देश अथवा अन्य राज्यदेखि बाहिर जानमा सक्षम हुने छैनन्। यसको तुरन्तै शुक्र बार पश्चिम बङ्गाल सरकारको तर्फबाट प्राप्त उनको सुरक्षा फिर्ता लिने निर्णय राज्य पुलिसको तर्फबाट लिइएको छ। यससित सम्बन्धित निर्देशिका पनि जारी गरिएको छ।