उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा दलाल सर्कलको पर्दाफास

379856-arrest

सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा दलाल सर्कलको चक्र पर्दाफास गर्दै मेडिकल पोस्ट पुलिसले तीनजनालाई पक्राउ गरेको छ। उनीहरुको नाम सञ्जय दास, विकास रोय र सुजित राय रहेको बताइएको छ।जानकारीका अनुसार दलाल चक्र लामो समयदेखि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा सक्रिय थिए। उपचारका लागि आएका बिरामीका परिवारलाई अस्पतालको शैया, राम्रो उपचार र अन्य व्यवस्था उपलब्ध गराएपछि र धम्की दिएर पैसा असुलेर भाग्ने गरेका थिए। यसैबीच बिरामीका आफन्तले यस विषयमा मेडिकल थानामा पटकपटक गुनासो गरेका छन्।सोही क्रममा पुलिसले गोप्य श्रोतबाट यस दलालचक्रको बारेमा थाहा पाएको थियो। त्यसपछि पुलिसले अभियान चलाउँदै बिरामीको परिवारलाई देखाउँदै अस्पताल पुगेर गिरोहको पर्दाफाश गरी तीन अभियुक्तलाई पक्राउ गरेको थियो। पक्राउ परेका तीनै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। जहाँ, अदालतले आरोपितलाई १४ दिन हिरासतमा राख्न निर्देशन दिएको छ। पुलिसले थप अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement