सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको नमशुद्र एण्ड रिफ्युजी सेल सिलगढी टाउन १ द्वारा वार्ड नम्बर ४ अन्तर्गत झंकार मोरमा नेत्र जाँच शिविर आयोजना गरिएको छ। नमशुद्र र शरणार्थी सेलका ब्लक अध्यक्ष विजय चौधरीलगायत शिविरमा उपस्थित थिए। आज बिहान ११ बजेदेखि सुरु भएको शिविर दिउँसो २ बजेसम्म चलेको थियो। शिविरमा धेरैले नेत्र जाँच गराए।यस अवसरमा विजय चौधरीले आज नेत्र जाँच शिविरमा धेरै मानिस आएको बताए। साथै केही व्यक्तिको नि:शुल्क आँखाको शल्यक्रिया पनि गरिने भएको छ। आगामी दिनमा पनि यस्ता शिविर सञ्चालन गरिने उनले बताए।