सम्थार गोल्ड कपः सेल्फी डाँड़ा पन्बु (एसडीपी) च्याम्पियन

IMG-20241027-WA0231

कालेबुङ: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा एसडीपी (सेल्फी डाँड़ा पन्बु)-च्याम्पियन भयो। दर्शकहरूले भरिएको सम्थार खेल मैदानमा आइतवार भएको चरम रोमाञ्चक फाइनल म्याचमा एसडीपी-ले ब्रदर्स बाई हार्ट (सुरुक)-विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट दुवै गोल कुञ्जमान थापाले गरे। उनले ४२औंं ५३औं मिनटमा गोल गरे। यसरी ब्रदर्स बाई हार्टबाट सुराग छेत्रीले ५५औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलमा मुख्य अतिथिको रूपमा जीटीए-का मुख्य कार्यपाल अनित थापा उपस्थित थिए। आयोजक सम्थार स्पोर्ट्स एसोसिएशनका महासचिव शाहरुख तामाङ र अध्यक्ष सोनम लेप्चाको उपस्थितिमा रंगारंग समापन समारोहको साथ टुर्नामेण्टको तेस्रो संस्करण समाप्त भयो।

संक्षिप्तमाः
च्याम्पियनः सेल्फी डाँड़ा पन्बु (एसडीपी)
रनरअप्ः ब्रदर्स बाई हार्ट (सुरुक)
प्लेयर अव् द म्याचः विवेक तामाङ (ब्रदर्स बाई हार्ट)
बेस्ट गोलकीपरः विवेक तामाङ (ब्रदर्स बाई हार्ट)
हाईएस्ट स्कोररः कुञ्जमान थापा (एसडीपी)
प्लेयर अव् द टुर्नामेण्टः कुञ्जमान थापा (एसडीपी)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement