भुटानी रेफ्री ओम चोकी बिवादकाे घेरामा

IMG-20241027-WA0233

काठमांडू: नेपाल र भारतबीचको साफ च्याम्पियनशिप महिला फुटबलको सातौँ संस्करणको सेमिफाइनल चलिरहँदा त्यसको रेफ्री थिइन् भुटानी रेफ्री ओम चोकी।
उनी भुटानकी पहिलो फिफा रेफ्री पनि हुन्।उनी सन् २०१७ मा फिफा रेफ्री भएकी थिइन्।तर उनले नेपालविरुद्ध जुन किसिमले आइतबारको खेलमा प्रस्तुत भइन् त्यसले उनको छवि त बिग्रिएको छ नै नेपाली फुटबललाई पनि निकै ठूलो असर गरेको छ।
उनले जारी साफकी सर्वाधिक गोलकर्ता रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड दिएर मैदानबाट बाहिर पठाएकी थिइन्। ५१औँ मिनेटमा दिइएको यो दोहोरो पहेँलो कार्डले नेपाललाई स्तब्ध बनायो।अनि खेल रोकियो पनि।
१२ मिनेटपछि खेल भयो।खेल पुनः भएको ८ मिनेटपछि भारतले गोल गर्यो। गोल भएपछि रेफ्रीले नेपाली खेलाडीलाई बल चलाउन इशारा गरिन्।अनि सावित्रा भण्डारीले बल चलाइन् र भारतको खाली पोष्टमा गोल पनि भयो।तर रेफ्रीले नेपाललाई गोल दिइनन्। किनकि भारतीय खेलाडीहरु खुशियालीबाट फर्केका थिएनन्। यो गल्ती कसको?

यसअघि खेलको ३६औँ मिनेटमा डीबक्सभित्र भारतीय खेलाडीले बल ह्याण्ड गर्दा तिनै रेफ्रीले पेनाल्टी दिएकी थिइनन्। यसलै रेफ्री चोकी विवादित बनेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement