राज्यपाल माथुर राजस्थानको अभिनन्दन कार्यक्रममा सामेल

IMG-20241027-WA0242

गान्तोक: राजस्थानको सिरोही जिल्लामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा राज्यका राज्यपाल ओम प्रकाश माथुरले दोस्रो दिन पनि सहभागिता जनाए। यस कार्यक्रममा सिरोही जिल्लाका लोकसभा सांसद लुम्बराम, मन्त्री ओताराम देवासी, विधायक समारम लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उक्त अवसरमा ब्रम्हाकुमारीका सदस्यहरूले राज्यपाल साथै आम मानिसहरूलाई कार्यक्रममा भव्यरूपमा स्वागत जनाए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यपाल माथुरले यस प्रकारको कार्यक्रम आयोजना गरेमा उनले खुशी प्रकट गर्दै सिरोही जिल्लामा आउनु पाउँदा मनबाट नै हर्षित बनेको जानकारी गराए। यो नागरिकको बधाई आफ्नो लागि गौरव र सम्मानको क्षण रहेको बताए। यसै क्रममा राज्यपालले अरावलीको पहाडको बीचमा रहेको जालोर जिल्लाको सुन्धमाताजीको दर्शन गरी देशवासीको सुख समृद्धिको कामना गरे। राज्यपाललाई मन्दिर पुग्ने क्रममा जालोर र सञ्चौर जिल्लाका बुद्धिजीवी तथा विभिन्नरूपमा स्वागत जनाए।

About Author

Advertisement