पाक्योङमा प्लगिङ रन सम्पन्न

IMG-20241027-WA0240

पाक्योङ: पक्योङ जिल्ला खेलकूद तथा युवा मामिला कार्यालयले गत २ अक्टोबरदेखि शुरु भएर आगामी ३१ अक्टोबरसम्म चल्ने राष्ट्रव्यापी रूपमा मनाइँदै आएको फिट इन्डिया स्वच्छता स्वतन्त्रता रनको एक भागको रूपमा प्लगिङ रन आयोजना गऱ्यो. उक्त रन सेन्ट जेभियर्स स्कूल मैदानबाट शुरु भई नामचेबोङमा समापन भएको थियो। यसअवसरमा जिला अधिकारी लाडेन ल्हमु भोटिया सहभागी थिइन्। जसले विद्यार्थी र सर्वसाधारणको जीवनमा फिटनेस र सरसफाईको महत्वलाई जोड दिइन्। कार्यक्रममा जिल्ला खेलकूद संस्थाहरु सिक्किमको पिकलबल संघ, पाक्योङ ताई क्वान डो डोजाङ, साई गुरुकुल विद्यालय र जिल्ला खेलकूद तथा युवा मामिला कार्यालयका अधिकारी र कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्लगिङ रनले स्वच्छ राष्ट्रको लागि प्रतिबद्धता मनाउने क्रममा दैनिक कम्तिमा आधा घण्टा शारीरिक गतिविधिमा समर्पित गर्ने फिट इन्डिया स्वच्छता रन ५.० को उद्देश्यलाई जोड दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement