सात नोभेम्बरदेखि पान मसाला र गुटखामाथि पश्चिम बंगालमा रोक लगाइने निर्देश

1-1-1679394361

काेलकाता: पश्चिम बंगालमा आगामी महिनादेखि तम्बाकू मिश्रित पान मसाला र गुटखामाथि प्रतिबन्ध लागिरहेको आइतवार राज्य सचिवालय नवान्नको तर्फबाट निर्देश जारी गरिएको छ। आगामी ७ नोभेम्बर, २०२४ – देखि बंगालमा गुटखा अनि पान मसालाहरूमाथि प्रतिबन्ध लागु हुनेछ।यसको लागि नवान्नद्वारा दिशानिर्देश जारी गरिेको छ। दिशानिर्देशमा खाद्य सुरक्षाका धाराहरूको उल्लेख गर्दै भनिएको छ, तम्बाकू र निकोटिनको प्रयोगबाट बनिने सामान स्वास्थ्यकोलागि राम्रो होइन। गुटखा र पान मसालामा तम्बाकू अनि निकोटिन जस्तो पदार्थ हुन्छ, त्यसैले यो स्वास्थ्यको लागि हानिकारक छ। त्यसैले पान मसाला र गुटखाको उत्पादन, भण्डारण, वितरण एवं बिक्रीमाथि एक वर्षको लागि रोक लगाइंदैछ। उक्त निर्देश आगामी ७ नोभेम्बर, २०२४- देखि राज्यभरि नै लागू हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement