हाेजाई: रेलवे पुलिसले लमडिंग जंक्शनमा पेस्तोलसितै युवक-युवतीलाई पक्राउ गऱ्यो। रेलवे पुलिसले १५६०४ डाउन लिडु एक्सप्रेसमा छापा मारेर ९ एमएमको पेस्तोलसितै पाँचवटा गोली जफ्त गऱ्यो।पुलिसले यस मामिलामा एकजना युवती सहित दुईजना तस्करहरूलाई पक्राउ गरेको छ। खबर अनुसार दुवै तस्करहरूले जफ्त पेस्तोललाई डिमापुरदेखि गुवाहाटी लैजाने योजना बनाएका थिए। यी दुई तस्करहरूको पहिचान हावराघाटका सुदीप मालाकार र नागाल्याण्डकी रिचम लाको रूपमा भएको छ।