रेड हर्स फूटबल क्लब सेमिफाइनलमा पुग्न सफल

photocollage_20241027214626607

दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित बिशाल सेंगदेन स्मृति दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करणमा रेड हर्स फूटबल क्लब (इलाम, नेपाल)-ले सेमिफाइनलमा स्थान बनायो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-माआइतवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा रेड हर्स फूटबल क्लबले जर्जियन फूटबल क्लबविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट पुष्कर दहाल र हेमन लिम्बुले गोल गरे। यसरी जर्जियन फूटबल क्लबबाट सोनम लेप्चाले गोल गरे। रेड हर्सका हेमन लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। सोमवार खेलिने अन्तिम क्वार्टर फाइनलमा बीएसके सिलगढ़ी र एफएसएससी सिक्किमबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच ३० र ३१ अक्टोबरमा हुनेछ। यसरी फाइनल ५ नोभेम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबको पक्षमा बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement