खोपरेल लालीगुराँसले मोहरगाउँलाई ३ गोलले पराजित गर्यो
सिलगढी: आज (२७ अक्टोबर) आईतबार मेरियन बारी चिया बगानको फूटबल मैदानमा मेरियनबारी रिक्रेशन क्लब (एमबीआरसी) को तत्वाधानमा नक् आउट फूटबल टुर्नामेन्टको फाइनल म्याच खेलियो। आजको फाइनल म्याचमा खोपरेल लालीगुराँस टीमले मोहरगाउँ चियाबगान टीमलाई ३ गोलले पराजित गर्यो। सन् १९६४ मा स्थापित एमबीआरसी क्लबले धेरै वर्षपछि यस वर्ष फूटबल टुर्नामेन्टको आयोजना गरेको थियो। यूवाहरूमा खेलप्रति प्रोत्साहित गर्नका लागि जीटीएका मुख्य कार्यपाल अनित थापाले पनि यस टुर्नामेन्टको आयोजनामा आर्थिक सहायता पुर्याएका थिए भने स्थानीय सभासद श्रीमती कल्पना प्रधान मुख्य अतिथिको रूपमा थिइन्। मेरियनबारी चिया बगानका म्यानेजर राजा झा र पंचायत सदस्य सन्दीप सार्की, दिनेश थापा, जमुना छेत्री र रोमा दर्जी अतिथिको रूप उपस्थित थिए। मेरियनबारी रिक्रेशन क्लबको पुनर्गठित कमिटीका अध्यक्ष नकुल विश्वले अनित थापा र कल्पना प्रधानप्रति खेल आयोजनमा आर्थिक सहयोगको निम्ति आभार प्रकट गर्दै क्लबका अन्य शीर्ष सदस्य सत्य बडाईक, बिनोद प्रधान, बसन्त गुरुङ, बिमल सुब्बा, काजी छेत्री र अन्य सबैलाई सहयोगको निम्ति धन्यवाद जनाए। क्लबका सचिव दुर्गा छेत्रीले मेरियनबारी चिया बगानका श्रमिकहरूलाई पनि यस टुर्नामेन्टमा चन्दा दिएर सहयोग पुर्याएकोमा आभार प्रकट गरेl