सिलगढ़ी: पानीटंकी चौकी पुलिसले सेवक रोड स्थित एक बहुचर्चित मलभित्र स्थित एक स्पामा देह व्यापारको पर्दाफास गरेको छ। पुलिसले यहाँबाट आपत्तिजनक स्थितिमा भेटिएको अमितशील नामको एक ग्राहकलाई पक्राउ गरेको छ भनेे स्पाबट तीन महिलाहरूलाई उद्धार गरेको छ।
जानकारी अनुसार, बिहीवार पानीटंकी चौकी पुलिसलाई सेवक रोड स्थित बहुचर्चित मलभित्र स्पाको नाममा देह व्यापारको कालो कारोबार चलिरहेको सूचना प्राप्त भएको थियो। यसैको आधारमा पानीटंकी चौकी प्रभारीले पुलिस बलको साथ स्पामा छापा मारे। पुलिसले स्पाबाट तीन महिलाहरू पनि भेटाएको छ। पुलिसले यी सबैसित सोधपुछ गरिरहेछ। पुलिसले स्पाका मालिक राजेश कुमारलाई खोजीरहेछ।
स्मरण रहोस्, कोलकाता हाई कोर्टको निर्देशिका अनुसार यदि कुनै पनि स्पामा देह व्यवसाय चलाएको आरोपमा महिला फेला परेको खण्डमा तिनलाई पीडिता मानिने भएकोले गर्दा पक्राउ नगरेर उद्धार गरिनेछ। यसैले गर्दा पानीट्याङ्की आउटपोस्ट पुलिसले उक्त स्पाबाट ३ जना महिलालाई उद्धार गरेको जानकारी गराएको छ।