गुवाहाटी: असममा आज भइरहेको असम प्रत्यक्ष भर्ती परीक्षा (एडीआरई)-२०२४ को चतुर्थ वर्गको लागि परीक्षा शान्तिपूर्ण ढंगमा भइरहेको छ।परीक्षालाई मध्यनजर गर्दै सरकारले बिहान साढ़े आठ बजेदेखि साँझ चार बजेसम्म मोबाइल इन्टरनेट सेवालाई बन्द गर्ने घोषणा गरेको छ। तथापि मोबाइल इन्टरनेट सेवा बिहान लगभग साढ़े सात बजेदेखि नै बन्द भयो जसले गर्दा मानिसहरूलाई विभिन्न प्रकारका समस्याहरूको सामना गर्न परिरहेको छ। इन्टरनेट मोबाइल सेवा स्थगित रहेकोले विभिन्न प्रकारका सेवाहरूमाथि प्रभाव परिरहेको छ। अनलाइनमा आधारित सबै प्रकारका कामकाजाई आज बिहानदेखि नै प्रायः ठप्प छ।