
सिलगढी: आइतबार श्री श्री नित्यकमलानन्द शारदा शिशु मन्दिरमा नि:शुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरियो। लायन्स क्लब अफ धुपगढीले यस स्वास्थ्य जाँच शिविरको आयोजनामा सहयोगको हात बढाएको छ। यस दिन विद्यालयमा भएको स्वास्थ्य परीक्षण शिविरमा अभिभावक तथा विद्यार्थीले निकै उत्साह देखाए। शिविरमा मुख्यतया कक्षा ४ देखि कक्षा ७ सम्मका छात्राहरुको आँखा परीक्षण र अभिभावकहरुको सुगर परिक्षण गरियो। शिविरमा २३० जना विद्यार्थीको परिक्षण गरियो। यसबाहेक १५० अभिभावकको चिनी परीक्षण गरियो।