गुवाहाटी: पछिल्लो केही दिनदेखिको राज्यमा बढ़्दो उल्फा-स्वाका गतिविधिहरूलाई मध्यनजर गर्दै सुरक्षा बलले राज्यभरि नैे उल्फा-स्वा विरोधी अभिानलाई तीव्रता दिएको छ।यस अभियानमा सुरक्षा बलहरूलाई धेरै सफलता प्राप्त भइरहेको छ। विशेष गरी यस वर्षको गत १५ अगस्त, स्वतन्त्रता दिवसको अवसरमा उल्फा-स्वाद्वारा राज्यका २५ वटा ठाउँमा बम राखिएको घटनापछि सुरक्षा बलहरूले उल्फा-स्वाविरूद्ध कम्मर कसेका छन्।अभियान अवधि बितेका केही दिनभित्रमा ठूलो संख्यामा उल्फा-स्वासित सम्बन्धित मानिसहरूलाई पक्राउ गरिएको छ।
यसै क्रममा गुप्तचर र असम पुलिसको नेतृत्वमा एक समन्वित गुप्तचर-आधारित अभियानमा माथिल्लो असममा उल्फा-स्वाका केही ओजीडब्ल्यू (ओभरग्राउण्ड वर्कर) औ लिंकम्यानलाई पक्राउ गरिएको छ। यो अभियान उल्फा-स्वासित सम्बन्धित व्यक्तिहरू विशेष रूपमा एसएस ब्रिगेडियर अरूणोद दाहोतिया तथा एसएस ब्रिगेडियर गणेश लाहोन जो विद्रोही समूहको कमाण्ड स्ट्रक्चरमा प्रमुख व्यक्तिहरू हुन्,- को बारेमा महत्वपूर्ण इनपुटमाथि आधारित थियो।