प्रतिबन्धित लागुऔषध सहितबेलबारीका धिमाल र राईसहित १२ जना पक्राउ

IMG-20240911-WA0024

भद्रपुर: झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आज झापाको मेचीनगर नगरपालिका ६ मा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङग उर्लाबारी ३ का २१ अरुण भित्रीकोटीलाई ५ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डाँगीहाट मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी १० भाउन्ने का १७ बर्षीय आर्यन धिमाल र २० बर्षीय दिपेश राईलाई निषेधित ट्रामाडोल ५०० क्यापसुल र डिकोलिक ५०० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले त्रियुगा नगरपालिका ३ का २० बर्षीय केवल चौधरीलाई निषेधित एम्पुल १८ वटा, ६० ट्याबलेट नाईट्रोभेट सहित नियन्त्रणमा लिएको छ।
यसै गरी इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेकजाँचको क्रममा ईटहरी ६ का बर्ष ३६ को कृष्ण प्रसाद प्रसाई र ३३ बर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगर सहित, भोक्राहा नरसिंह ४ का २२ बर्षीय रोस्तम अन्सारी र २२ बर्षीय ईम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी १६ का २० बर्षीय अमन चौधरी र इटहरी १७ का २० बर्षीय रजिंत चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सहित र इनरुवा नगरपालिका ५ का २५ प्रेम कुमार खंग र इनरुवा(३ का २८बर्षीय शंकर कुमार देवलाई २ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement