सभासद श्याम शेर्पाको सहयोग र शेर्पा एसोसिएशनको श्रमदानमा खरसाङमा गुम्बा अनि गाउँ जाने बाटो निर्माण

IMG-20241027-WA0206

खरसाङ: शेर्पा वेलफेयर सोसाइटीका युवाहरुकाे दुई दिने श्रमदान अनि सभासद श्याम शेर्पाकाे सहयोगमा गुम्बा र गाउँ जाने बाटो निर्माण गरिएको जानकारी प्राप्त भएको छ। २८ नम्बर समष्टि अन्तर्गत पर्ने शेर्पा बस्तीमा आज शेर्पा वेलफेयरका युवाहरुद्वारा गुम्बा र गाउँ जाने बाटो दिनभरि ढुङ्गाकाे सोलिड्ग लगाउने कार्य गरिएको थियोे। आज शेर्पा वेलफेयर एसोसिएशनको ४५-५० जना सदस्यहरुले ढलाई गर्ने कार्य गरियो। बाटोकाे लागि सर सामानहरू बालुवा, गिटी, सिमेन्ट सबै २८ नम्बर समष्टिकाे सभासद श्याम शेर्पाले प्रदान गरेको जानकारी प्राप्त भएको छ। उक्त कार्यमा सभासद श्याम शेर्पा पनि बिहान ९ बजेदेखि २ बजेसम्म सहभागीता जनाएका थिए। यस कार्यक्रमबारे शेर्पा वेलफेयरकाे सचिव कर्म शेर्पाले जानकारी गराए अनुसार शेर्पा वेलफेयर एसोसिएशन युवाहरूको जमात हाे साथै सर-सल्लाहकाे लागि उमेरमा ठूलाहरुले पनि साथ दिने गर्दछ। यसले गाउँमा आई परेको बेला सघाउने र समाजिक कार्यहरु गर्ने गर्दछ। महिनामा एकपल्ट गाउँ सफाई गर्ने गर्ने गरेको पनि उनले बताएका छन्। उनले बताए अनुसार यस संस्थाले आफ्नो सदस्यहरुबाट महिनामा ५०-१०० रुपियाँ अनुदान उठाउने गर्छन् भने सरकारी कार्य गर्ने सदस्यहरुले महिना २०० रुपियाँ अनुदान दिने गरेका छन्। यस रकमले महिनामा एउटा समाजिक कार्य गर्ने गर्दछौं साथै युवाहरुलाई सठिक बाटोमा हिँडाउने प्रयास गरिरहेका छन्।

सचिव कर्म शेर्पाले आजको कार्य सफल भएकोमा सबै सबै सदस्यहरू साथै सभासद श्याम शेर्पालाई धन्यवाद दिएका छन्। उनले यस कार्यकाे लागि सभासद श्याम शेर्पाद्वारा पहल अनि सहयोग गरिएको बताएका छन्। सभासदद्वारा शेर्पा वेलफेयर एसोसिएशनको साथमा अन्य जसले हिज र आज श्रमदान गरेर बाटोकाे कार्य गर्न सहयोग गरेका छन् उनीहरु सबै सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement