काठमांडू: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भन्छन् , “बालेन के हुन् भन्ने मैले बुझेको छैन। एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ। उनी हेर्दा पपुलर पनि देखिन्छन्। ट्रकहरूमा पनि बालेनको फोटो देखिन्छ। सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ। तर,उनको वास्तविकता स्पष्ट नभएको यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्छन्।’