मुख्यमन्त्रीकाे सूचना एवं प्रसारण मन्त्रालयको पूर्वोत्तर क्षेत्रका महानिदेशक नम्बूदरीपादसॅंग भेट

n6367107291729967604193dc5f55a885a056ec5a725b86ee7b8963c82b84dad8391a19a6aaa9110b37b7f1

गान्तोक: सूचना एवं प्रसारण मन्त्रालयको पूर्वोत्तर क्षेत्रका महानिदेशक के. सतीश नम्बूदरीपादले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरे।
मुख्यमन्त्री तामाङले सोशियल साइट फेसबुकमा उक्त जानकारी गराएका छन्।मुख्यमन्त्री तामाङले यस भेटले पूर्वोत्तर क्षेत्रमा सञ्चार र मिडियाको पहुँच बढाउने उद्देश्यले विभिन्न पहल र कार्यक्रमहरूमा छलफल गर्ने अवसर प्रदान गरेको बताएका छन्। उनले पूर्वोत्तर क्षेत्रको विकासका लागि विशेष गरी सिक्किमको विशिष्ट स्थितिको सन्दर्भमा महत्वपूर्ण सूचना प्रवाह र सञ्चार रणनीतिहरूका विषयमा छलफल गरेको पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement