गेजिङ आईटीआईको दीक्षान्त समारोह सम्पन्न

IMG-20241026-WA0288

गान्तोक: गेजिङ जिल्लामा सञ्चालित आइटीआईका वर्ष २०२१-२४ सम्मका स्नातक उतीर्ण गरेका विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न भयो। कार्यक्रममा जिल्ला पञ्चायत सागर शर्मा लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा आइटीआईका प्राचार्य भीम चौहानले वर्ष २०२१-२०२४ सम्म स्नातक उतिर्ण गरेका विद्यार्थीहरूलाई बधाई दिँदै आफ्नो लक्ष्यमा लगनशील भई काम गर्न प्रोत्साहित गरे। क्लब महिन्द्रा, हिमाचल प्रदेश जस्ता ठाउँहरूमा कार्यरत स्नातकहरूलाई रोजगार दिएको र संस्थानको हालैका सफलताहरूबारे उनले प्रकाश पारे। सोही प्रकारले मिडल गेजिङ विद्यालयका टाशी ओग्यालले विद्यार्थीहरूलाई सफलताको हासिल गर्नको निम्ति उत्प्रेरित गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिले यस संस्थानका प्रचार्यलाई स्थानले भर्नामा कीर्तिमानी वृद्धि गरेकोमा बधाई दिए। उनले सुरक्षित भविशष्यका लागि विद्यार्थीहरूलाई शुभकामाना दिँदै प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement