मन्त्री ढुङ्गेल र उपाध्यक्ष थापाले गरे प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण

IMG-20241026-WA0284

गान्तोक: राज्यका स्वास्थ्य विभागीय मन्त्री जीटी ढुङ्गेल, सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, विधायक रिक्सेल दोर्जी भोटिया लगायतका टोलीले आज राङगाङ याङगाङ निर्वाचन क्षेत्रअन्तर्गत राभाङलाको प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण गरे। निरीक्षणको क्रममा स्वास्थ्य मन्त्री ढुङ्गेलले राभाङालाका प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर, अस्पतालका स्टाफहरूसँग अन्तक्रिया गर्दै उनीहरूको समस्या र गुनासो सुने। मन्त्रीले अस्पताल परिसरको अवलोकन गर्दै त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए। कर्मचारीहरूले औषधि, उपकरण र ढल निकासको अभावका बारेमा आफ्नो चिन्ता व्यक्त गरेका थिए। मन्त्रीले अस्पताल टोलीलाई बिरामीहरूलाई हरसम्भव सहयोग गर्न आग्रह गर्दै उच्च गुणस्तरीय चिकित्सा सेवाको उपलब्ध गराउनु पर्ने विषयमा जोड दिए। उनले कर्मचारीहरुलाई जनताको सेवामा लगनशील रहने पनि आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement