‘साइ’ द्वारा नाम्चीमा स्वच्छता फ्रिडम रन

IMG-20241026-WA0283

नाम्ची: गत २ अक्टोबरदेखि शुरु भएको स्वच्छता भारत दौड ५.० विभिन्न जिल्लामा आयोजन भइरहेको लछ। देशव्यापी अभियानको रुपमा सञ्चालित कार्यक्रमको नारा “स्वच्छ भारत, स्वस्थ भारत” रहेको छ। अभियान ३१ अक्टोबरमा समाप्त हुनेछ। समापन अवसरमा भारतका लोहा पुरुष सरदार वल्लभ भाई पटेलको जन्मजयन्तीको अवसरमा युनिटी रनको साथ समाप्त हुनेछ। अभियानअन्तर्गत नाम्चीमा साई नाम्चीले पनि राज्य सरकारको खेलकुद तथा युवा मामिला विभागको सहकार्यमाफ्रिडम रन आयोजन गऱ्यो। कार्यक्रममा विभागीय अधिकारी बसन्त प्रधान, खेलकुद एकाडेमी नाम्चीका खेलाडीहरू, खेलो इण्डिया सेन्टरका खेलाडीहरू र क्लबका सदस्यहरू सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement