युवा ओपनर यशस्वी जयसवालको विशेष उपलब्धि

IMG-20241026-WA0292

पुणे: जुलाई २०२३-मा वेष्ट इण्डिजविरुद्ध टेस्ट पदार्पणपछि भारतीय ओपनिंग ब्याटर यशस्वी जयसवालले निरन्तर असल प्रदर्शन गरेका छन्। शनिवार पुणे टेस्ट म्याचको दोस्रो ईनिंग्समा ७७ रन बनाउनको साथै उनले एउटा विशेष उपलब्धि हासिल गरे। देब्रे हातका २२ वर्षीय ब्याटर घरेलु मैदानमा खेलिएको टेस्ट म्याचहरूमा एक क्यालेण्डर वर्षमा १००० भन्दा अधिक रन बनाउने तेस्रो भारतीय अनि समग्रमा विश्वका सातौं खेलाड़ी बने। जयसवालले भारतमा आफ्नो पहिलो टेस्ट म्याच यस साल २५ जनवरीमा ईंग्ल्याण्डविरुद्ध हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा खेलेका थिए। त्यसपछि उनले अहिलेसम्म घरेलु मैदानमा ९ वटा टेस्ट म्याच खेलेर १०५६ रन बनाएका छन्। घरेलु मैदानमा एक क्यालेण्डर वर्षमा सर्वाधिक रन बनाउने रेकर्ड अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्क (२०१२-मा १४०७ रन)-को नाममा रहेको छ । यसरी पाकिस्तानका मोहम्मद यूसुफले २००६ मा ११२६ रन र ईंग्ल्याण्डका ग्राहम गूचले १९९०-मा १०५८ रन बनाएका थिए। जयसवाल १०५६ रनको साथ सूचीमा चौथो स्थानमा रहेका छन्। भारतका दुईजना दिग्गज ब्याटर गुण्डप्पा विश्वनाथ (१९७९-मा १०४७ रन) र सुनिल गावस्कर (१९७९-मा १०१३ रन) क्रमशः पाँचौं र छैटौं स्थानमा छन्। यसको साथमा जयसवाल घरेलु मैदानमा टेस्टमा सबैभन्दा तेज १००० रन (बलको हिसाबले) बनाउने ब्याटर बने। उनले १३१५ बल खेलेर १००० रन पूरा गरे। जयसवालले वीरेन्द्र सहवागको रेकर्ड तोड़े। भारतका पूर्व विध्वंशी ओपनर सहवागले १४३६ बल खेलेर १००० रन बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement