मंगपू गोल्ड कपः हिमालयन स्पोर्टिंग क्लब सजिलै फाइनलमा

photocollage_202410262321445

मंगपू: मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२४-मा सिक्किमको हिमालयन स्पोर्टिंग क्लबले सजिलैसँग फाइनलमा स्थान पक्का गऱ्यो। मंगपू खेल मैदानमा शनिवार भएको पहिलो सेमिफाइनल म्याचमा हिमालयन स्पोर्टिंग क्लबले युनाइटेड ब्रदर्सविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट म्याक्सवेलले ३१औं र ७३औं मिनटमा २ गोल गरे। यसबाहेक सांगे भूटियाले छैटौं र याहूले ६९औं मिनटमा गोल गरे। यसरी कालेबुङको टीमबाट देवाशिष राईले ७८औं मिनटमा १ गोल गरे। म्याक्सवेललाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा १० वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ। अब आइतवार (२७ अक्टोबर) खेलिने दोस्रो सेमिफाइनलमा यूकेएफसी र नेपालको झापा इलेवेनबीच भिड़न्त हुनेछ। यसरी फाइनल ६ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा कोषाध्यक्ष सुदर्शन तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement