सिलगढी: आरजी कर काण्डका दोषीलाई तत्काल कारबाही र सिबिआईबाट चाँडो छानबिन गर्न माग गर्दै द नाइट इज आवर्स संगठन आज सडकमा उत्रिएको छ। आरजी कर मुद्दामा धेरै समय बितिसक्दा पनि अभयाले उचित न्याय पाउन सकेकी छैनन्। आज ‘द नाइट इज आवर्स’ सङ्गठन लगायत धेरै संस्थाहरूले सिलगढीको बाघजातिन पार्कबाट र्याली निकालेर छिटो न्यायको माग गरेका छन्। यो र्याली शहरका विभिन्न मार्ग परिक्रमा गरी महात्मा गान्धी मोडमा समापन भएको थियो। यो र्यालीमा धेरैको सहभागिता रहेको थियो। सो क्रममा संस्थाका सदस्य कोयल राय, डा. संगीता जेना लगायतको उपस्थिति रहेको थियो। संस्थाका तर्फबाट कोयल राईले कानुनी व्यवस्थालाई विश्वास गरेर न्याय पाउन यत्तिको समय लाग्ने हो भने कतिपयको धैर्यता गुमेको बताए। निष्पक्ष न्यायको माग गर्दै विभिन्न कार्यक्रमहरु भइरहेका छन्।