माकपा नेताको पोस्टलाई सोशल मीडियाबाट हटाउने माग

IMG-20240717-WA0003

काेलकाता: “९० मिली तूफ़ान आएको छ! केही बुझ्न सकिरहेको छुइनँ!” सोशल मीडियामा कोलकाता नगरनिगमका मेयर फिरहाद हकिमको एक व्यंग्यात्मक तस्वीरसितै उक्त क्याप्शनलाई माकपा नेता मिनाक्षी मुखर्जीको नाममा सोशल मीडियामा पोस्ट गरिेएको छ। पोस्ट गरिएको उक्त तस्वीरलाई लिएर तृणमूल नेता कुणाल घोषले शनिवार एक्स ह्याण्डमा लेखे, मीनाक्षी जी तृणमूल नेता फिरहाद हकिम माकपाका राजनीतिक शत्रु हुनसक्छन्, तर उनको छविलाई विकृत पार्दै दाढ़ी, बोतल, मुस्लिम समाज, मस्जिदहरूको तस्वीरलाई अगाड़ि राखेर अपमान अनि कुरूपताको यो प्रतिबिम्ब निन्दनीय छ। घोषले भनेका छन्, यो पोस्टलाई तत्काल हटाउनुपर्छ र यसको लागि माफी पनि माग्नुपर्छ।
यद्यपि अर्कोतिर आरोप लगाइएको छ, सोशल मीडियामा मिनाक्षी मुखर्जीको नाममा बनाइएको अकाउण्ट नक्कली हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement