असम: आफ्नै पत्नीको हत्या गरेको आरोप

IMG-20241017-WA0105

नलबाड़ी: नलबाड़ीमा एकजना व्यक्तिमाथि आफ्नै पत्नीको हत्या गरेको आरोप लागेको छ। नलबाड़ीको कोक्यामा आरोपीले आफ्नी पत्नीको कथित रूपमा हत्या गरेको आरोप छ। आफन्तको आरोप छ, पत्नीको हत्या गरेर नशाखोर पतिले यसलाई आत्महत्याको रूप दिने प्रयास गऱ्यो।
मृतकाको पहिचान नवनिता दास (२२)- को रूपमा भएको छ। बेलसर पुलिसले घटनाको सिलसिलामा मृतक महिलाका पति हीरक ज्योति नाथलाई हिरासतमा लिएको छ। आफन्तको आरोप छ, दाइजोको कारणले यो घटना भएको हो। विवाह भएदेखि नै हिरक नाथले नवनिताको परिवारसित दाइजोको नाममा पैसा मागेर सताइरहेको थियो। यो पनि आरोप लगाइएको छ, आरोपी पति ड्रग एडिक्ट हो जसले विवाह भएदेखि नै नवनितामाथि कुटपिट गर्दै आइरहेको थियो। घटनास्थलमा पुगेर बेलसर पुलिसले नवनिताको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement