असम: ट्र्याक्टर दुर्घटनामा एक युवकले गुमाए ज्यान

IMG-20240629-WA0057-copy-8

दरंग: दरंग जिल्ला मुख्यालय मंगलदैमा खेतमा गइरहेका एकजना युवकको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भयो। मंगलदै नजिक मेढ़ी चापरीमा खेती गर्नको लागि खेतमा लगिरहेको ट्र्याक्टर अचानक दुर्घटनाग्रस्त भयो जसमा रञ्जीत माझी नामक युवकको घटनास्थलमै मृत्यु भयो।
ज्ञात रहोस्, चर चापरी क्षेत्रमा किसानहरूलाई खेती गर्नका लागि टाड़ा-टाड़ासम्म रातभरि यात्रा गर्नुपर्छ। यसै क्रममा आज पनि रञ्जीत माझी ट्र्याक्टर लिएर मंगलदै नजिक मेढ़ी चापरीमा खेत जोत्न गइरहेका थिए। तर अचानक माझीले नियन्त्रण गुमाए अनि सड़क कुनारमा ट्र्याक्टर दुर्घटनाग्रस्त भयो। माझी ट्र्याक्टरको चक्कामुनि परे जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement