टोलकप नकाउट फुटबल प्रतियोगिता आज देखि शुरु हुँदै

photocollage_20241026213523569

उर्लाबारी: सिमसार फुटबल क्लब द्वारा आयोजित प्रतियोगिता को आजको उत्घाटन पहिलो खेल मा सिरुझार उर्लाबारी-२ र पुरानो मङलबारे उर्लाबारी-२ बिच भएको थियो।उक्त खेलमा सिरुझार २-१ ले बिजयी भए। सिरुझारको तर्फबाट पहिलो हाफमा उत्सब खड्काले १ गोल गर्दै अग्रता दिलाएका थिए। यसैगरि सिरुझार को तर्फबाट पुर्ण मगरले दोस्रो हाफमा अर्को गोल गर्दै टिमलाइ अझै अग्रता दिलाएकका थिए।पुरानो मङलबारेको लागि करन थापाले १ गोल गर्दै खेलको अग्रता कम गरेका थिए। आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै आयोजकले करन थापालाई म्यान अफ द म्याच घोषित गरेका थिए।
उक्त प्रतियोगिता मा प्रथम हुने टिम लाई ट्रफी, मेडल , प्रमाणपत्र र नगद रु सात हजार पाँच सय पच्पन्न रहेको र दोस्रो हुने टिमलाई ट्रफी, मेडल , प्रमाणपत्र र नगद रु चार हजार पाँच सय पच्पन्न रहेको सिमसार फुटबल क्लबले जनाएको छ।
भोली हुने पहिलो खेलमा आयोजक टोलि सिमसार स्टार क्लब र शुभकामना टोल उर्लाबारी-३ रहेको सिमसार फुटबल क्लबले जनाएको छ।
भोली हुने दोस्रो खेलमा सुनझोडा (बल्लुचोक) उर्लाबारी-२ र नयाँ मंगलबारे उर्लाबारी-३ रहेको सिमसार फुटबल क्लबले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement