सुपर कप २०२२ शुरुः इज्रायल गुरुङ एफए र एसएस ११ सेमिफाइनलमा

२६ अगस्त: बीरपाड़ा बादाहाउदा देविसिमुल सर्व समाजको तत्त्वावधानमा आयोजित सुपर कप २०२२ फूटबल टुर्नामेण्टको सीजन २-को पहिलो दिन (बिहीवार) पूल ए-मा क्वार्टर फाइनलसम्मको म्याचहरू खेलियो। बीरपाड़ा फरेष्ट (जारिप) मैदानमा जारी नाइन ए साइड टुर्नामेण्टको पहिलो दिन बिहीवार लगातार म्याचहरू जितेर इज्रायल गुरुङ फूटबल एकाडमी (जयगाउँ) र एसएस ११ (बुन्दापानी)-से सेमिफाइनलमा स्थान बनायो। पहिलो क्वार्टर फाइनलमा एसएस ११-ले बीरपाड़ा ब्रदर्सलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमका सञ्जु कुजुरलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो क्वार्टर फाइनलमा इज्रायल गुरुङ एफए-ले गोरुबथान एफसी-लाई पेनल्टी शूटआउटमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

विजेता टीमका रोशनलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको दोस्रो दिन शुक्रवार पूल बी-मा क्वार्टर फाइनलसम्मको म्याचहरू खेलिनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच २७ अगस्तमा खेलिनेछ। यस चारदिने फूटबल टुर्नामेण्टको फाइनल २८ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। गत वर्ष भएको सुपर कपको पहिलो सीजनमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी च्याम्पियन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement