सूचना एवं प्रसारण मन्त्रालय, भारत सरकारका पूर्वोत्तर क्षेत्रका महानिदेशकले सिक्किमका मुख्यमन्त्रीसँग गरे शिष्टाचार भेट

DG-Nep-PR1

गान्तोक: भारत सरकारको सूचना र प्रसारण मन्त्रालय (एमआईबी) अन्तर्गत पूर्वोत्तर क्षेत्रका महानिदेशक के सतीश नम्बुदिरीपादले आज सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग शिष्टाचार भेट गरेका छन्। यो भ्रमण नम्बुदिरीपादको सिक्किमको पाँच दिवसीय आधिकारिक भ्रमणको एक हिस्सा थियो, जसमा राज्यमा एमआईबी एकाइका गतिविधिहरूको समीक्षा गरियो तथा सिक्किममा केन्द्रीय र राज्य सरकारका मिडिया संगठनका प्रमुख र मिडिया सदस्यहरूसित बातचित गरेर पूर्वोत्तरमा सञ्चार तथा मिडिया पहुँच बढाउने अवसरहरू पत्ता लगाइनेछ। बैठकको अवसरमा नम्बुदिरीपादले मुख्यमन्त्रीलाई पत्र सूचना कार्यालय (पीआईबी) द्वारा गरिएका विभिन्न आउटरिच र मिडिया प्रचार पहलहरूबारे जानकारी गराए। पीआईबी भारत सरकारको एक एजेन्सी हो, जसले सरकारी नीति, कार्यक्रम, पहल र उपलब्धिहरूको बारेमा प्रिन्ट र इलेक्ट्रोनिक मिडियालाई जानकारी प्रसारित गर्दछ।

यी पहलहरूले यस क्षेत्रको विकासको लागि महत्त्वपूर्ण सूचना प्रसार र सञ्चार रणनीतिहरूलाई बढावा दिने लक्ष्य राख्छन्। मुख्यमन्त्रीले सिक्किमको अद्वितीय स्थिति अनि राज्य र यहाँका जनताको विकास र समृद्धिको लागि मिडियाको उपयोग गर्ने क्षमताको फाइदा उठाउनेबारे उल्लेख गरे। उनले पूर्वोत्तर क्षेत्रको विकास मन्त्रालयको त्वरित सामाजिक-आर्थिक विकासको दृष्टिकोणका साथ क्षेत्रको क्षमतालाई अनलक गर्नका लागि सञ्चार नेटवर्क र मिडिया आउटरीचलाई मजबुत गर्ने महत्त्वमाथि जोड दिए।

यस सम्बन्धमा मुख्यमन्त्रीले राज्यका दुई जिल्ला पाकिम र सोरेङको प्रशासनलाई पूर्ण रूपमा डिजिटल बनाउने राज्य सरकारको पहलबारे उल्लेख गरे। मुख्यमन्त्रीले राष्ट्रिय एकीकरणलाई मजबुत पार्ने दिशामा राज्यमा सूचना एवं प्रसारण मन्त्रालयका विभागहरूको गतिविधिको पनि प्रशंसा गरे तथा आकाशवाणी र डीडीके गान्तोक सहित सूचना एवं प्रसारण मन्त्रालयका संगठनहरूलाई मजबुत बनाउनका लागि राज्य प्रशासनको तर्फबाट हरसम्भव सहयोग दिने प्रस्वात दिए, जसमा डीकेके, गान्तोकमा क्षेत्रीय समाचार एकाइको शुरुआत गर्नु पनि सामेल छ। यो भ्रमणले पूर्वोत्तर क्षेत्रमा समावेशी विकासप्रति मन्त्रालयको प्रतिबद्धतालाई दर्शाउँछ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement