गाबिस अध्यक्षबाट पत्रकार कुटिए

IMG-20241026-WA0256

इनरुवा: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मियाले भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २ बसोबास गर्ने स्थानीयजासूस खबरका पत्रकार तजमुल मन्सुरीलाई कुटपिट दुर्ववहार र हातपात गरेको छ।
शनिबार राहत वितरणमा विभेद र भ्रष्टाचार गरेको भन्दै स्थानीयहरु गाउँपालिमा विरोध गरिरहेको बेला समाचार संकलनमा पुगेका पत्रकार मन्सुरीको मोबाइल खोसेर गाली गलोज गरि दुर्ववहार कुटपिट र हातपात समेत गरेको हो।
स्थानीयजासूस खबरका पत्रकारलाई कुटपिट हातपात गर्दा छाती घाटी र हातमा चोट लागेको कारण उनी अहिले जिल्ला अस्पताल सुनसरीमा भर्ना भई उनको उपचार भई रहेको सो अस्पतालका डाक्टरले जानकारी दिए।
सो घटनालाई लिएर स्वतन्त्र पत्रकार संघ कोशी प्रदेशका संयोजक देवेन्द्रकिशोर ढुङगाना, सुनसरी जिल्ला संयोजक मो. अकबर अलीले आज अलग अलग बिज्ञप्ति प्रकाशित गरि उक्त घटना प्रेस माथिको ठाडो आक्रमण हो, यस घटनाको स्थानीय प्रशासन ब्दारा छानविन गरि दोषीलाई कानूनी करवाहीको दायरामा ल्याई स्वतन्त्र प्रेसको रक्षा गर्न मांग गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement