लगभग तीन दशकपछि तीनधारेमा नाटक मञ्चन
खरसाङ: अगमसिंह गिरी नाट्य कला संस्थान तीनधारे र गोर्खल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको संयुक्त आयोजनामा तीनधारेमा लामो समयपछि पूर्णांकी नाटक ‘कालो छाँया’ मञ्चन गरिएको छ। वर्तमान समयमा दार्जिलिङको पहाड़को अवस्था र चियाबारीहरूको समस्यालाई नाचटकीय ढंगमा देखाएर प्रस्तुत गरिएको उक्त कालो छाँया नाटकको नाटककार, निर्देशक अगमसिंह गिरी नाट्य कला संस्थान तीनधारेको मूल सचिव सुवास बान्तावा रहेका छन् भने अभिनय निर्देशन जेबी गुरुङको रहेको छ। तीनधारे क्षेत्रका वरिष्ठ नाट्य कलाकारहरू र नवोदित कलाकारहरूलाई समेटेर मञ्चन गरिएको पूर्णांकी नाटक ‘कालो छाँया’ मञ्चन गरिएको छ। तीनधारेमा नेपाली नाटक लेखन र मञ्चनको कार्यको लामो इतिहास रहेको छ।

तीनधारेमा सन् १९३० सालदेखि नाटक लेखन र मञ्चनको कार्य भईरहेको छ। तीनधारेमा अन्तिमपल्ट सन् १९९३ सालमा नाटक मञ्चन गरिएको थियो भने लगभग ३०-३१ वर्षपछि तीनधारेमा नाटक मञ्चन गरिएको जानकारी प्राप्त भएको छ। गत वर्ष २०२३ सालमा स्थापना भएको अगमसिंह गिरी नाट्य कला संस्थान तीनधारेले यहाँ नाचक मञ्चनको कार्य गरेका छन्। तीनधारेको महात्मा गाँधी हलमा आज दुई चरणमा नाटक मञ्चन गरिएको छ। दिउँसो २ बजेदेखि अनि बेलुकी ६.३० बजे गरी दुईपल्ट उक्त नाटक मञ्चन गरिएको छ। उक्त नाटक मञ्चन अघि अगमसिंह गिरी नाट्य कला संस्थान तीनधारेको सभापति सुरेशचन्द्र दर्नालले अगमसिहं गिरी नाट्य कला संस्थान तीनधारेको विषयमा वक्तव्य राखेका थिए। उनले अगमसिंह गिरी नाट्य कला संस्थान तीनधारेले स्थापनाको छोटो समयमा नै पूर्णांकी नाटक मञ्चन गरेर नाटकमा तीनधारेको गरिमा पुन: फर्काई ल्याउने कार्य गरिएको जानकारी गराएका छन्।

उनले तीनधारेमा नाटक लेखन र मञ्चनको लामो इतिहास रहेको पनि बताएका छन्। यस नाटक मञ्चन कार्यक्रमलाई पत्रकार हनोक थापाले सञ्चालन गरेका थिए। उक्त नाटकमा दार्जिलिङ पहाड़को अवस्था र चियाबारीहरूको समस्यालाई उजागर गरेर लेखन तथा मञ्चन गरिएको छ। उक्त पूर्णांकी नाटक कालो छाँया मञ्चनको सत्रमा अगमसिंह नाट्य कला संस्थान तीनधारेको सभापति सुरेशचन्द्र दर्नालले धन्यवाद ज्ञापन पनि राखेका थिए। उनले नाटक मञ्चन कार्यक्रममा विभिन्न तरिकाले सहयोग गर्नेहरू, आर्थिक सहयोग गर्नेहरू अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभाग साथै विभागीय कार्यकारी सभासद अनोश थापाप्रति पनि आभार प्रकट गरेका छन्। उनले यो पूर्णांकी नाटक कालो छाँयामा नवोदित कलाकारहरूसे सहभागिता जनाएको जानकारी गराउँदै नाटक मञ्चनमा सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरेका छन्।

उक्त पूर्णांकी नाटक कालो छाँया विषयमा अगमसिंह गिरी नाट्य कला संस्थान तीनधारेको मूल सचिव साथै नाटककार एंव निर्देशक सुवास बान्तावा र संस्थानको सभापति सुरेशचन्द्र दर्नालले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्। दुवैले तीनधारेमा लामो लामो समयपछि नाटक मञ्चन गरिएको जानकारी गराएका छन्। उक्त नाटक मञ्चनमा कालकारहरू साथै सहयोगीहरू सबैप्रति आभार प्रकट गरेका छन्।