संखुवासभामा काँक्रो टिपेको विवादमा मामाको हत्या

IMG-20241026-WA0239

खाँदबारी: संखुवासभामा काँक्रो टिपेको विवादमा शनिबार दिउँसो एक महिलाले मामाको हत्या गरेकी छन्।
प्रहरीका अनुसार चिचिला गाउँपालिका-४ मत्स्यपोखरीकी ४२ वर्षीया दुर्गामाया गुरुङले खुकुरीले प्रहार गरेर नातामा मामा पर्ने चिचिला-४ ध्वजेका ४५ वर्षीय भीमबहादुर गुरुङको हत्या गरेकी हुन्। भीमबहादुरले दुर्गामायाको बारीको काँक्रो टिपेको विषयमा बढेको विवाद हत्यामा परिणत भएको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार दुर्गामायाले दिउँसो १२ः२० बजेतिर खुकुरी प्रहार गर्दा टाउको, ढाड र खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका भीमबहादुरको घटनास्थलमै मृत्यु भएको हो। दुर्गामायाले आफ्नै आँगनमा भीमबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि डीएसपी बस्नेत आफैं घटनास्थल पुगेका थिए।हत्यामा संलग्न दुर्गामायालाई प्रहरीले पक्राउ गरेको छ।घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको जानकारी बस्नेतले दिए।शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदै छ। डीएसपी बस्नेतले घटनका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement