सिलगढी: फुलबारीमा आज दुईवटा सवारीसाधन एकआपसमा ठोक्किएको छ। यस दुर्घटनामा दुई जना घाइते भएका छन्। यो घटना शनिबार सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी नजिकैको अमयादिघी क्षेत्रमा भएको बताइएको छ। फुलबारी नजिकैको क्षेत्रमा अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा अगाडिबाट आउँदै गरेको डम्परसँग ठोक्किएको हो। यो ठक्करबाट चारचक्के गाडीको अगाडिको भाग चकनाचुर भएको छ। चालकसहित चार जनामध्ये दुई जना घाइते भएका छन्। उनलाई स्थानीयले उद्धार गरी फुलबारीस्थित एकबेस्करी अस्पतालमा पुर्याए। खबर पाएलगत्तै फुलबारी राजमार्ग ट्राफिक आउट पोस्ट र न्यू जलपाईगढी थानाको पुलिस घटनास्थलमा पुग्यो। दुर्घटनामा परेको कारलाई पुलिसले बरामद गरी सम्पूर्ण विषयमा अनुसन्धान शुरु गरेको छ।