सफारी चार्ज गर्दा करेन्ट लागेर मृत्यु

IMG-20240629-WA0057-copy-9

झापा: झापामा सवारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका-५ देवीवस्तीका ३६ वर्षीय शम्भु सहनीको मृत्यु भएको हो।
आफ्नै घरमा सीटी सफारी चार्ज गर्ने क्रममा उनलाई शुक्रबार दिउँसो १ बजेतिर करेन्ट लागेको थियो।गम्भीर घाइते भएका उनको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पतालमा आज मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए।
प्रहरीका अनुसार सहनीको राति १० बजेतिर मृत्यु भएको हो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement