दशहरा कप अण्डर-१९ फूटबल टुर्नामेण्ट ४ सेप्टेम्बरदेखि

२६ अगस्तः सूम फूटबल क्लबको तत्त्वावधानमा दशहरा कप अण्डर-१९ फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टको शुरुवात ४ सेप्टेम्बरदेखि हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क २५०० रुपियाँ तोकिएको छ। प्रवेश शुल्क जमा गर्ने अन्तिम मिति ३१ अगस्त रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement