धनकुटाको कोलबोटेमा बस दुर्घटना २६ यात्रु घाइते

IMG-20241026-WA0232

धनकुटा: कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डअन्तर्गत साँगुरीगढी-६ कोलबोटेमा शनिवार यात्रुवाहक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्।
धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्नेतर्फ जाँदै गरेको को१ख२७५५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ।सडकबाट ५० मिटर तल खस्ने क्रममा रुखमा अड्किएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए।घाइते २६ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement