प्रतिबन्धित पटेकासहित एक जना पक्राउ

IMG-20241026-WA0184-copy

सिलगढी: दीपावली नजिकिँदै गर्दा पटाकाको माग पनि बढिरहेको छ। दीपावलीको दिन मानिसहरुले अत्यधिक मात्रामा आतिशबाजी गर्ने गर्दछन्l  तर सरकारले ध्वनी र प्रदुषण गर्ने पटेकामा प्रतिबन्ध लगाएको छl  जसले गर्दा यस्ता पटेकाका कारण कसैलाई समस्या नहोस् र प्रदुषण पनि नहोस् भन्ने उद्देश्य रहेको छ। तर, कतिले प्रतिबन्धित पटेका बेच्ने गरेका छन्। कतिपय पसलहरूले आफ्ना मोदीखाना पसलमा पनि यस्ता पटाका बिक्री गरिरहेका छन्।

यो जानकारी प्राप्त हुनासाथ शुक्रबार साँझ सिलगढी मेट्रोपोलिटनको एनजेपी थानाको पुलिसले कडा कारबाही शुरु गरेको छ। ठाकुरनगर क्षेत्रमा एक व्यवसायी मोटरसाइकलमा पटेका बोकेर हिँडिरहेका थिए। सादा पोशाकमा रहेको एनजेपी थानाको पुलिसले आरोपितलाई रंगेहात पक्राउ गरेको समाचार छ। त्यहाँबाट रु०  ३० हजार मूल्यका प्रतिबन्धित पटेका बरामद गरिएको छ। पक्राउ परेका व्यापारीको नाम विजय शाह बताइएको छl पुलिसले दिएको जानकारी अनुसार उनी रासन पसल चलाउँछन् र उक्त पसलमा प्रतिबन्धित पटेका बिक्री गरेको आरोप छ।

About Author

Advertisement