सर्पले डस्दा सात वर्षीया बालिकाको मृत्यु

IMG-20241026-WA0171

मालदा: विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ। मालदाको माणिकचक क्षेत्रको रामनगर गाउँमा भएको यो घटनापछि इलाकामा शोक छाएको छ। मृत्यु हुने बालिकाको नाम रुपाली मण्डल (७) बताइएको छ। उनी स्थानीय रामनगर प्राथमिक विद्यालयमा दोस्रो कक्षामा पढ्थे। बाबु गौर मण्डल पेसाले दैनिक ज्याला मजदुर हुन्। घरको पछाडिको बाथरुममा गएका उनलाई विषालु सर्पले टोकेपछि रुपालीले परिवारका सदस्यलाई खबर गरेपछि उनीहरुले तत्कालै माणिकचक ग्रामीण अस्पताल पुर्याए पनि अवस्था नाजुक भएकाले उनलाई मालदा लगिएको थियो। त्यहाँबाट मेडिकल कलेज अस्पतालमा सारियो। त्यहाँ चार दिनको उपचारपछि उनको मृत्यु भयो। रामनगर प्राथमिक विद्यालयका शिक्षकहरुले शोकसन्तप्त परिवारलाई भेटेर सान्त्वना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement