सिलगढ़ी: सिलगढ़ी देवकोटा संघले आज २६ अगस्तको दिन आफ्नो संघको ५९औं प्रतिष्ठा दिवसको भव्यतासित पालन गर्यो। समारोहलाई संघका सभापति प्रसिद्ध समाजसेवी आयकर आयुक्त श्रीमान मिलन रूचालले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा उपस्थित थिए मूर्धन्य साहित्यकार नरबहादुर दाहाल। प्रारम्भमा संघको भवन परिसरमा अवस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा, भगवान बुद्धको मूर्ति साथै शहीद मेजर दुर्गामल्लको नव स्थापित प्रतिमामा समारोहका अध्यक्ष प्रमुख अतिथि अनि अन्य विशिष्ट अतिथिहरूको बाहुलीबाट माल्यार्पण अनि श्रद्धासुमन चढ़ाइयो। आज बलिदान दिवसको अवसरमा सिलगढ़ी देवकोटा संघले भवनको प्राङ्गनमा मूर्तिकार अमीर सुन्दासद्वारा निर्मित शहीद मेजर दुर्गा मल्लको दुईफूट उचाइ र लम्बाइ भएको शहीद मेजर दुर्गामल्लको सुन्दर प्रतिमा स्थापना गरेर अर्को थप उपलब्धि पनि हासिल गरेको थियो। त्यसपछि अध्यक्ष श्री मिलन रूचाल अनि सचिव श्री पी.टी. योल्मोद्वारा संघको संघको झण्डोत्तोलन गरियो। यस अवसरमा कार्यक्रमलाई संघका साहित्य सचिव श्याम प्रधानले सञ्चालन गरिरहेका थिए। मूल कार्यक्रम संघ भवनको प्रेक्षागृहमा सम्पन्न गरियो।

प्रथममा माता सरस्वतीको तस्वीरअघि मङ्गलाचरणको पवित्र उच्चारणसित सभाध्यक्ष, प्रमुख अतिथि विशिष्ट अतिथिहरूको बाहुलीबाट धूपदीप प्रज्ज्वलन गरियो। आजको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा समाजसेवी मीमलाल सापकोटा, साहित्यकार युवराज काफ्ले, समाजसेवी सुधा पासी, गीतकार मदन ओझा, सङ्गीतकार-गायक जीवन अधिकारी, सङ्गीतकार एम. बी. गजमेर, कवि मोहन ठकुरी, सर्जक लतिका जोशी, डा. खेमराज शर्मा, डा.घनीराज छेत्री, कवि ज्ञानेन्द्र खतिवड़ा, युग्मककार कालूसिंह रनपहेंली, साहित्यकार वंशीधर प्रसाद, मीना अधिकारी, तारा प्रधान, वसन्त करवा, मीना अधिकारी, प्रा. तेजमान बराइली, मायादेवी सापकोटा आदि उपस्थित थिए। यस अवसरमा संघका सचिव पी.टी योल्मोले स्वागत भाषण राखे। त्यसपछि संघको सङ्गीत विभागद्वारा खुबै सुन्दर स्वागत गीत प्रस्तुत गरियो। यस अवसरमा सिलगढ़ी देवकोट संघको गत वर्षको कर्याकलापको विवरण श्रीमती देविका शर्माले स्लाइडमा विवरणहरू दृश्वलोक गराउँदै खुबै रोचक ढङ्गमा प्रस्तुर गरेकी थिइन्। समारोहमा खुबै सुन्दर र मीठा गीतहरू पनि कलाकारहरूद्वारा प्रस्तुत गरेर कार्यक्रमलाई रोचकताका साथै सङ्गीतमाय बनाएका थिए। गीत प्रस्तुत गर्ने कलाकारहरू थिए- किरण घिमिरे, रजनी सुन्दास, अग्रता शर्मा, कार्तिक प्रधान, विरेन प्रधान, माया प्रधान, पार्वती ठकुरी आदि। समारोहलाई सिलगढ़ी देवकोटा संघ, पृष्ठभूमि कला संस्थान तथा नेपाली बस्ती फाराबारीका कलाकारहरूद्वारा रोचक र मनमोहक नृत्यहरू प्रस्तुत गरिएका थिए। ५९औं प्रतिष्ठा दिवसको अवसरमा सिलगढ़ी देकवकोटा संघले सम्मान-सम्बर्द्धनाको कार्यक्रम पनि आयोजना गरेको थियो। यसमा भर्खरै विद्यावारिधि गरेर डाक्टर बनेका विद्वान साहित्यकार सुकराज दियाली अनि विजय रूचाललाई सिलगढ़ी देकवकोटा संघको तर्फबाट सम्बर्द्धना जनाइयो। संघका अध्यक्ष, सचिव, पदाधिकारीवर्ग अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट खदा, शिरशोभा, अङ्गवस्त्र, फूलगुच्चा अनि सम्मानपत्र प्रदान गरेर उनीहरूलाई सम्बर्द्धना जनाइयो। सम्बर्द्धना पश्चात डा. सुकराज दियाली अनि डा. विजय रूचालले आफ्नो वक्तव्यमा विद्यावारिधि हासिल गर्नमा मार्गदर्शक, प्ररेक र सहयोगी रहेका आफ्ना गुरूजन, आत्मीय अनि सुभ चिन्तकहरूलाई कृतज्ञतापूर्वक उनीहरूले सम्झना गरे। यस अवसरमा देवतोटा संघका कर्मठ सदस्यहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्बर्द्धना-पत्र, अङ्गवस्त्र, खदा, शिरशोभा, खदा आदि प्रदान गरेर सम्मान जनाइयो। सम्बर्द्धित सदस्यहरू थिए- श्री गणश प्रधान, श्रीमती रमा ब्राह्मिण, श्री विजय सुवेदी, श्रीमती राधा प्रधान अनि श्री पारसमणि छेत्री।

संघका साहित्य सचिव श्याम प्रधानले सम्बर्द्धित सदस्यहरूको परिचय अनि सम्बर्द्धनाको औचित्यबारे कुराहरू राखेका थिए। सम्बर्द्धित सदस्यहरूको पक्षमा श्री विजय सुवेदीले मन्तव्य राखेका थिए। आजको समारोहमा विशेष आकर्षण थियो देवकोटा संघका अध्यक्ष श्री मिलन रूचालद्वारा पञ्चतत्व अनि हाम्रो शरीर शीर्षकमा चिन्तन अनि ध्यानको कार्यक्रम। रूचाल महोदयल शरीरका अङ्गहरू र पञ्चतत्त्वबारे रोचक ज्ञानवाणी सुनाइरेहका थिए। हाम्रो शरीर अनि पाँच तत्वहरू अग्नि, वायु, आकाश, जल, पृथिवीबारे कुराहरू बताउँदेै उनले पञ्चतत्वको महत्व सम्झाइरहेका थिए। समारोहमा युग्मककार कालूसिंह रनपहेलीले वक्तव्य र युग्मकहरू वाचन गरे। उनले सिलगढ़ी देवकोटा संघको प्रतिष्ठा दिवसपालनसितै संघका विशेेष पहलहरूको उल्लेख गरिरहेका थिए। उनले बलिदान दिवसबारे पनि बताउँदै सान्दर्भिक युग्मकहरू पनि वाचन गरे।

समारोहका मुख्य अतिथि विशिष्ट साहित्यकार नरबहादुर दाहालले देवकोटा संघका विविध कार्यहरूको मुग्धकण्ठले प्रशंसा गरे। उनले आज श्रीमती देवीकला सर्माद्वारा प्रोजेक्टरद्वारा प्रस्तुत गरिएको संघको गत वर्षको कारयकलापबारे खुबै प्रशंसा गरे। उनले साहित्य र जीवनको सम्बन्धबारे पनि सुन्दर कथाको दृष्टान्तसित कुराहरू बताइरहेका थिए। अध्यक्षीय सम्बोधन राख्दै प्रख्यात समाजसेवी संघका अध्यक्ष मिलन रूचालले भने, ‘आज हामीले सिलगढ़ी देवकोटा संघको ५९औं प्रतिष्ठा दिवस मनायौं। भोलिदेखि यो ६०औँ वर्षमा प्रवेश गर्नेछ। यस अवसरमा हामी नयाँ नयाँ कार्यहरू गर्ने पहले गर्नेछौं। हामीले सोचेका छौं यस उपलक्ष्यमा आदरणीय देवराली साहित्यकार श्रीमान नरबहादुर दाहालसित हामी साक्षात भेटवार्ता रेकर्ड गर्नेछौं जसलाई हामी विभिन्न स्थानहरूमा पुर्याउनेछौं। यो हाम्रो ६०औं प्रतिष्ठाको अवसरमा पहिले पहल हुनेछ। उनले अझ भने, ‘आज देवकोटा संघले समाजका दुई डक्टरेट रत्नहरूलाई सम्बर्द्धना जनायौं अनि संघका कति कर्मठ सदस्यहरूलाई पनि सम्मान र अभिनन्दन गर्न पाएकोमा हामी खुशी छौं।’ अन्त्यमा प्रा. गीता देवानद्वारा घन्यवाद ज्ञापनपश्चात् समारोह समाप्त भयो। समारोहलाई कवि-गीतकार-गायक-सङ्गीतकार देवराज शर्माले खुबै सुन्दर ढङ्गमा सञ्चालन गरेका थिए। यो भव्य समारोहमा साहित्य-कला-सङ्गीत क्षेत्रका धेरै संख्यामा विशिष्ट हस्तीहरूको गरिमामय उपस्थिति रहेको थियो।