नयाँ दिल्ली: भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-ले उनीहरूका कामकाजमा सरकारी हस्तक्षेपको तर्क अघि राखेर वर्ल्ड च्याम्पियनशीपबाट हट्ने फसेला लिएको छ अन यस फसेलाले पहलवानहरू प्रभावित भएका छन्। प्रभावित पहलवानहरूले खेल मन्त्री मनसुख माण्डवियासँग भेट गरेर यस मामिलामा हस्तक्षेप गर्ने माग गरेका छन्। डब्ल्यूएफआई-को फसेलाले प्रभावित १२ जना पहलवान खेल मन्त्रीको आवास आएका थिए। केही पहलवानहरूसँग उनीहरूका माता-पिता पनि रहेका थिए। १२ वटा गैर ओलम्पिक वर्गको वर्ल्ड च्याम्पियनशीप २८ अक्टोबरदेखि अल्बानियाको तिरानामा शुरु हुनेछ। पहलवानहरूले अदालतमा याचिका दायर गर्ने कोशिश पनि गरेका थिए तर उनीहरू पुग्नमा ढिलो भयो कारण प्रतियोगिता शुरु हुन अब केही दिन मात्र बाँचेको छ। मनीष भानवाला (६५ किग्रा)-ले भने, हामी खेल मन्त्रीको आवासमा गएका थियौं। उनले हाम्रो कुरालाई सुन्ने विश्वास छ। हामीलाई यस्तो ठूलो प्रतियोगितामा हिस्सा लिनदेखि वञ्चित किन गरिँदैछ अनि यसमा हाम्रो कुनै गल्ती छैन। डब्ल्यूएफआई-ले बुधवार वर्ल्ड च्याम्पियनशीपबाट हट्ने फसेला गरेको थियो। राष्ट्रिय महासंघले खेलको वैश्विक संस्था यूडब्ल्यूडब्ल्यू-लाई खेल मन्त्रालयले उनीहरूका स्वायत्ततामा हस्तक्षेप गरिरहेको बताएको छ।