भारतीय टेस्ट टीमबाट कुलदीप यादव बाहिर, कृष्णको आगमन

IMG-20241026-WA0145

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले अष्ट्रेलिया यात्रामा खेलिने बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको निम्ति भारतीय टीमको घोषणा गऱ्यो। रोहित शर्मा टेस्ट टीमको कप्तान हुनेछन्। यसरी जसप्रीत बुमराहले उपकप्तानको भूमिका निर्वाह गर्नेछन्। अष्ट्रेलिया यात्राको निम्ति चयन गरिएको टीममा अनुभवी र युवा खेलाड़ीहरूलाई मौका प्राप्त भएको छ। घरेलु सर्किटमा रन बनाएपछि अभिमन्यु ईश्वरनलाई टीममा स्थान प्राप्त भएको छ। नितीश कुमार रेड्डी र हर्षित राणालाई पहिलोपल्ट टेस्ट टीममा सामेल गरिएको छ अनि उनीहरू यस सीरीजको निम्ति अष्ट्रेलिया जानेछन्। यसबीच स्टार स्पिनर कुलदीप यादव चोटले गर्दा टीमबाट बाहिर भएका छन्। उनी कम्मरको समस्याले गर्दा चयनको निम्ति उपलब्ध थिएनन्। यसरी भारतका स्पिन बलिंग अलराउण्डर अक्षर पटेललाई पनि टीममा सामेल गरिएन।
पेस बलर मोहम्मद शमीलाई एकपल्ट फेरि टेस्ट टीमको हिस्सा बनाइएन। अहिले उनी सर्जरीबाट मुक्त हुने प्रक्रियामा रहेका छन्। कप्तान रोहित शर्माले पनि हालै उनी अनफिट शमीलाई अष्ट्रेलिया लैजान तयार नरहेको स्पष्ट गरेका थिए। रोहितले भनेका थिए, ईमानदारीपूर्वक भन्नु पर्दा शमीलाई अष्ट्रेलिया सीरीजको निम्ति चयन गर्नु मुश्किल छ। उनलाई अझ एउटा लागेको थियो अनि उनको घुँड़ाको स्थिति ठीक छैन। यस्तो स्थितिमा खेलाए चोट बल्झिन सक्छ। उनी डाक्टर र फिजियोसँग एनसीए (नेशनल क्रिकेट एकाडमी, बेंगलुरु)-मा छन्। हामी अनफिट शमीलाई अष्ट्रेलिया लैजान चाहदैनौं। अष्ट्रेलियामा भारतीय पेस आक्रमणको अगुवाई जसप्रीत बुमराहले गर्नेछन्। उनलाई साथ दिन टीममा मोहम्मद सिराज, आकाश दीप र प्रसिद्ध कृष्णालाई सामेल गरिएको छ। कृष्णाले आफ्नो अन्तिम टेस्ट म्याच दक्षिण अफ्रिकामा खेलेका थिए। यसरी स्पिनर विभागमा रविचन्द्रन अश्विन, रविन्द्र जडेजा र वाशिंगटन सुन्दर रहेका छन्। भारत र अष्ट्रेलियाबीच ५ वटा टेस्ट म्याचको सीरीज खेलिनेछ। पहिलो टेस्ट म्याच २२ नोभेम्बरदेखि पर्थमा खेलिनेछ। त्यसपछि दोस्रो टेस्ट ६ दिसम्बरदेखि एडिलेडमा, तेस्रो टेस्ट १४ दिसम्बरदेखि गाबामा, चौथो टेस्ट २६ दिसम्बरदेखि मेलबर्नमा अनि पाँचौं टेस्ट म्याच ३ जनवरीदेखि मेलबर्नमा खेलिनेछ।
अष्ट्रेलिया यात्रामा जाने भारतीय टेस्ट टीमः
रोहित शर्मा (कप्तान), जसप्रीत बुमराह (उपकप्तान), यशस्वी जयसवाल, अभिमन्यु ईश्वरन, शुभमन गिल, विराट कोहली, केएल राहुल, रिषभ पन्त (विकेटकीपर), सरफराज खान, ध्रुव जुरेल (विकेटकीपर), आर अश्विन, आर जडेजा, मोहम्मद सिराज, आकाश दीप, प्रसिद्ध कृष्णा, हर्षित राणा, नितीश कुमार रेड्डी, वाशिंगटन सुन्दर।
रिजर्वः मुकेश कुमार, नवदीप सैनी, खलील अहमद

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement