नयाँ दिल्ली: बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड)-को पुरुष चयन समितिले भारतको दक्षिण अफ्रिका यात्रामा खेलिने टी२० सीरीजको निम्ति भारतीय टीमको घोषणा गऱ्यो। दक्षिण अफ्रिका यात्रामा भारतले चारवटा टी२० म्याचको सीरीज खेल्नेछ। सीरीजको पहिलो टी२० म्याच ८ नोभेम्बरमा डरबनमा खेलिनेछ। टी२० टीमको निम्ति सूर्यकुमार यादवलाई कप्तान बनाइएको छ। टी२० सीरीजमा युवा खेलाड़ीहरूलाई मौका दिइएको छ। चारवटा म्याचको सीरीजको निम्ति टीममा हार्दिक पाण्ड्या र सञ्जु सेमसन जस्ता अनुभवी खेलाड़ीहरूका साथमा तिलक वर्मा, रिंकू सिंह, रमनदीप सिंह र विजयकुमार विशक जस्ता प्रतिभाशाली खेलाड़ीहरूलाई सामेल गरिएको छ। भारतले हालै बंग्लादेशविरुद्ध टी२० सीरीजमा यादगार जीत हासिल गरेको थियो। अब टीम सूर्यकुमारको कप्तानीमा दक्षिण अफ्रिकाको माटोमा सीरीज जित्न तयार छ। रमनदीप र विजयकुमार जस्ता खेलाड़ीहरूलाई घरेलु क्रिकेट, आईपीएल र इण्डिया ए-को तर्फबाट प्रभावशाली प्रदर्शनपछि टी२० अन्तर्राष्ट्रिय टीममा सामेल गरिएको छ। युवा पेस बलर मयंक यादव र अलराउण्डर शिवम दुबे चोटले गर्दा चयनको निम्ति उपलब्ध थिएनन्। यसरी दाहिने काँधको चोटको उपचार गराइरहेको हुनाले रियान परागलाई पनि टीममा सामेल गरिएन। पेसर मयंकले ढाड़को चोटबाट मुक्त भएर बंग्लादेशविरुद्ध सीरीजमा असल प्रदर्शन गरेका थिए। यसरी दुबे ढाड़को चोटले गर्दा बंग्लादेशविरुद्ध सीरीजबाट पनि बाहिर रहेका थिए। दक्षिण अफ्रिकाविरुद्ध पहिलो टी२० म्याच ८ नोभेम्बरमा डरबनमा खेलिनेछ। त्यसपछि दोस्रो म्याच १० नोभेम्बर, तेस्रो म्याच १३ नोभेम्बर र चौथो तथा अन्तिम म्याच १५ नोभेम्बरमा खेलिनेछ।
दक्षिण अफ्रिकाविरुद्ध टी२० सीरीजको निम्ति भारतीय टीमः
सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु सेमसन (विकेटकीपर), रिंकू सिंह, तिलक वर्मा, जितेश शर्मा (विकेटकीपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रमनदीप सिंह, वरुण चक्रवर्ती, रवि बिश्नोई, अर्शदीप सिंह, विजयकुमार विशक, आवेश खान, यश दयाल