नाम्चीमा फिट इन्डिया रन

IMG-20241025-WA0198

नाम्ची: खेलकुद तथा युवा मामिला विभाग नाम्ची जिल्लाले फिट इन्डिया रन ५.०आयोजन गऱ्यो। यस अभियानअन्तर्गत प्लगिङ रन सञ्चालन गरिनेछ। यसअन्तर्गत एक पर्यावरण अनुकूल गतिविधि चलाइनेछ। जसमा सहभागीहरूले जगिङ गर्दा बाटोमा फोहोर उठाउनेछन्। खेलकूद विभागका अधिकारी टि ओङ्मु भोटिया र बसन्त प्रधानको नेतृत्वमा प्लगिङ रन गतिविधि आयोजना गरिएको थियो। प्लगिङ दौडमा भारतीय खेलकुद प्राधिकरण (साई) का प्रशिक्षार्थी, नाम्ची स्पोर्ट्रस होस्टलका खेलाड़ीहरु, इन्डोर व्यायामशालाका ब्याडमिन्टन खेलाडी, नाम्चीका खेलाडी, नाम्चीका खेलाडी, खेलकुद तथा युवा मामिला विभागका प्रशिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो। यसको उद्देश्य स्वच्छ भारत अभियान स्वच्छ भारत मिशनअन्तर्गत स्वच्छतालाई बढावा दिनु रहेको छ। यसले फोहोर व्यवस्थापन र स्वच्छ वातावरणको महत्त्वबारे जनचेतना जगाउने पनि लक्ष्य राखेको छ। यस मिशनले सरसफाईलाई सामुहिक प्रयास बनाएर नागरिकहरूबीच फिटनेसलाई प्रोत्साहित गर्दै स्वस्थ जीवनशैलीलाई बढावा दिएर व्यवहारमा परिवर्तन ल्याउने काम गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement