गान्तोक” आगामी १३ नोभेम्बरको दिन सम्पन्न हुने नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रको उपचुनाउलाई लिएर जनरल अभजर्भर मोनिश कुमारले आज नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई लिएर एक सभा आयोजना गरे। यस अवसर नाम्ची जिल्लाकी रिटर्निङ अधिकारी एवं जिल्लापाल अनुपा तामलिङ,वरिष्ठ पुलिस अधिक्षक डा. टीएन ग्याछो भोटिया, अतिरिक्त जिल्लापाल सुबास घिमिरे लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै पर्यवेक्षकले निर्वाचन प्रक्रिया निष्पक्ष हुने र प्रयोगमा रहेका सबै ईभीएमहरू छेडछाड नभएको नभएको बचन दिए। उनले राजनीतिक दलहरूलाई भारतीय निर्वाचन आयोगको दिशानिर्देशमा कडाईकासाथ प्रचार गर्न पनि सल्लाह दिए। प्रतिनिधिहरुसँगको अन्तरक्रियामा उनले उठाएका समस्याहरुलाई सम्बोधन गर्दै उनीहरुका सबै गुनासो र मागहरु सम्बोधन गर्ने आश्वासन दिए। अन्त्यमा उनले निर्वाचनमा सहभागी हुन मतदातालाई परिचालन गर्न जनप्रतिनिधिलाई आग्रह पनि गरे।