गान्तोक राजधानीस्थित टाशीलिङ सचिवालयमा आयोजित दुई दिवसीय स्वास्थ्य जाँच शिविरको आज समापन भयो। हिजोदेखि आयोजना गरिएको यस कार्यक्रम विशेष गरेर सिक्किम भारतमा विलय भएको ५०औं वर्षको अवसरमा आयुर्वेदाको ९औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा विश्वव्यापी स्वास्थ्यका लागि आयुर्वेदमा नवीनता” भन्ने विषय अन्तर्गत, सिक्किम सरकारको स्वास्थ्य र परिवार कल्याण विभागअन्तर्गत सिक्किम राज्य आयुष सोसाइटीले राष्ट्रिय आयुष मिशनको सहयोगकोरूपमा पहल गर्दै आइरहेको छ।
मुख्यतया सरकारी अधिकारी र कर्मचारीहरूलाई लक्षित गर्दै, समग्र कल्याण र रोकथाम स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने उद्देश्यले शिविर आयोजना गरिएको थियो।शिविरमा मानसिक स्वास्थ्य, महिला र वृद्धावस्था स्वास्थ्य, र रक्तअल्पता लगायतका प्रचलित स्वास्थ्य विषयमा ध्यान केन्द्रित गरिएको थियो। सहभागीहरूलाई आयुर्वेदिक निवारक अभ्यासहरू जस्तै मौसमी (ऋतुचार्य) र दैनिक (दिनाचार्य) दिनचर्या र वर्धित कल्याणका लागि पञ्चकर्म उपचारबारे जानकारी गराइयो।