जलपाईगुडीको आनन्द चन्द्र कलेजबाट कोब्रा सर्प फेला

IMG-20241025-WA0137

जलपाईगुडी: जलपाईगुडीको आनन्द चन्द्र कलेजको क्याम्पसबाट ठूलो गोखरो (कोब्रा) सर्पको उद्धार गरिएको छ। शुक्रबार स्वयंसेवी संस्थाका सदस्यले सर्पलाई बचाएका थिए। सर्पको खबर फैलिने बित्तिकै कलेज क्याम्पसमा त्रास फैलियो। जलपाईगुडी सहरका विभिन्न ठाउँमा सर्पहरू बारम्बार देखिने गरेको छ, यस पटक कलेजबाट गोखरो सर्पको उद्धार गरिएको छ।

कलेजबाट सर्प समातेर सुरक्षित स्थानमा छाडिदिएको स्वयंसेवी संस्थाका सदस्यले बताए।

About Author

Advertisement