पुलिसको फन्दामा परे एक तस्कर

IMG-20240911-WA0024

गुवाहाटी: पान बजार क्षेत्रको पुलिसले गुप्त जानकारीको आधारमा एक अभियान संचालन गरी मादक पदार्थ सहित एकजना तस्करलाई पक्राउ गरेको छ। पुलिस मुख्यालयबाट शुक्रवार प्राप्त जानकारी अनुसार गए मध्य राती एक गोप्य सूचनाको आधारमा स्पेशल टास्क फोर्स (एसटीएफ), असमको टीमद्वारा पान बजार थाना क्षेत्र अधिनस्थ गुवाहाटी रेलवे स्टेशनको पार्किंग परिसरमा छापा मारियो।छापामारी अवधि एकजना तस्करलाई पक्राउ गरियो अनि उसको कब्जाबाट हेरोइन पनि जफ्त गरियो।एसटीएफले तस्करको कब्जाबाट हेरोइनले भरिएका ३० वटा शिशीहरू जसको वजन ४०.९४ ग्राम, नगद ४ हजार १० रुपियाँ, एउटा लाइटर जफ्त गऱ्यो।आरोपीको पहिचान आलोम शेख (५०, गुवाहाटी रेलवे स्टेशन (पार्किंग)-को रूपमा गरिएको छ। एसटीएफले आवश्यक औपचारिकता पूरा गरेपछि कानूनी कारबाहीको लागि ड्रग्स सहित तस्करलाई पानबजार पुलिसमा सुम्पिदियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement