ग्यास सिलिन्डरमा आगलागी हुँदा घर क्षतिग्रस्त

IMG-20241025-WA0144

सिलगढी: ग्यास सिलिन्डरमा आगलागी हुँदा घरायसी सामान जलेर खरानी भएको छ। यो घटना सिलगढी महाकुमार परिषद अन्तर्गत घोषपुकुर मौलानी जोत गाउँको हो। यो आगलागीले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। घटनाको जानकारी पाएलगत्तै घोषपुकुर पुलिस चौकीका पुलिस घटनास्थलमा पुगेका थिए। स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा आएको थियो। घटनाको जानकारी पाएलगत्तै दमकलको टोली घटनास्थलमा पुगेको थियो। स्रोतका अनुसार आज बिहान खाना पकाउने ग्यास सकिएपछि घरधनीले नयाँ ग्यास ल्याएर घरमा खाना पकाउन थाले। त्यही क्रममा अचानक आगलागी भयो। स्थानीयले आगो निभाउन थाले। यद्यपी घटनामा कुनै हताहतीको खबर आएको छैन। ग्यास सिलिन्डरमा आगलागी के कारणले भयो ? दमकल र घोषपुकुर चौकी पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement